‘सिमुलेसन’ अभ्यासको पूर्वतयारी बैठक

डिसी नेपाल
८ फागुन २०८१ १५:५५
28
Shares

काठमाडौं । आपत्कालीन चिकित्सकीय समूह परिचालन कार्यविधि २०८१ सम्बन्धी ‘सिमुलेसन’ अभ्यासको पूर्वतयारी बैठक सम्पन्न भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता एवं स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन कार्यसञ्चालन केन्द्रका प्रमुख डा प्रकाश बुढाथोकीको अध्यक्षतमा आज बैठक सम्पन्न भएको केन्द्रले जनाएको छ।

यसैबीच, आज नै राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा स्वास्थ्य आपत्का तथा विपद् पूर्वतयारी तथा प्रतिकार्यमा भए /गरेका कार्यहरुको समीक्षा गरी नेपालका लागि कार्यान्वयन गर्न योग्य र प्रभावकारी सुझावहरु पेस गर्न प्राविधिक समितिको बैठक प्राडा प्रदीप वैद्यको अध्यक्षतामा बसेको केन्द्रले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *