युक्रेन युद्धः अमेरिकाद्वारा रूसको पक्षमा मतदान
काठमाडौं । संयुक्त राष्ट्र संघले सोमबार युक्रेनी भूभागबाट रुसको तत्काल फिर्तालाई समर्थन गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ। यो प्रस्तावको पक्षमा ९३ र विपक्षमा १८ मत परेको छ । ६५ देशले मतदानमा भाग लिएनन् ।
प्रस्तावलाई समर्थन गर्नेहरूमा जर्मनी, बेलायत र फ्रान्स जस्ता प्रमुख युरोपेली देशहरू समावेश छन्। नेपालले पनि यो प्रस्तावको पक्षमा मतदान गरेको छ ।
जबकि अमेरिका, इजरायल र हंगेरीसँगै रुसले यो प्रस्तावको विपक्षमा मतदान गरे । यो प्रस्ताव युक्रेनसँगको रूसको युद्धको तेस्रो वार्षिकोत्सवमा आएको हो।
संयुक्त राष्ट्र संघमा यस प्रस्तावमाथि भएको मतदानमा नेपालका छिमेकी देशहरू भारत, चीन, पाकिस्तान, बंगलादेश, श्रीलंकाले भाग लिएनन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment