गाजामा चिसोका कारण दुई हप्तामा छ बालबालिकाको मृत्यु

डिसी नेपाल
१४ फागुन २०८१ १२:५९
168
Shares

काठमाडौं । चिसो मौसम, पर्याप्त आश्रय र तापको अभावका कारण गाजामा विगत दुई हप्तामा कम्तीमा छ बालबालिकाको मृत्यु भएको छ। यो जानकारी प्यालेस्टिनी डाक्टर र स्वास्थ्य अधिकारीहरूले दिएका छन्।

उत्तरमा रहेको गाजा शहरमा रहेको पेशेन्ट्स फ्रेन्ड्स बेनेभोलेन्ट सोसाइटी अस्पतालका डाक्टरहरूले चिसोबाट बिरामी परेका नौ नवजात शिशुहरूलाई भर्ना गरिएको बताएका छन्, जसमध्ये पाँच जनाको मृत्यु भएको छ भने एक जनाको अवस्था गम्भीर छ।

दक्षिणी शहर खान युनिस नजिकै रातभरि चिसोको कारणले गर्दा उनीहरूको दुई महिनाकी बालिकाको मृत्यु भएको एउटा परिवारले बताएको छ।

पी.एफ.बी.एस. अस्पतालले पाल र अस्थायी आश्रयस्थलमा बसोबास गर्ने अनुमानित ९,४५,००० विस्थापित प्यालेस्टिनीहरूको अवस्था सुधार गर्न कारभान (कार बोक्ने ठूला सवारी साधन) र इन्धनको तत्काल आपूर्तिको लागि आह्वान गरेको छ।

पाँच हप्ता अघि सुरु भएको युद्धविरामको क्रममा इजरायलले सहमति भएको मात्रामा पाल र अन्य आश्रय सामग्रीहरू नपुर्‍याएको आरोप हमासले लगाएको छ।

यद्यपि, इजरायलले हमासको यो आरोपलाई अस्वीकार गरेको छ।

इजरायल र हमास बीचको १६ महिना लामो युद्धको क्रममा गाजाको २१ लाख जनसंख्यामध्ये अधिकांश धेरै पटक विस्थापित भएका छन्।

यस क्षेत्रका लगभग ७० प्रतिशत भवनहरू ध्वस्त भएको अनुमान गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *