हमासले फिर्ता गर्‍याे थप चार बन्धकको शव

डिसी नेपाल
१५ फागुन २०८१ ७:४१
176
Shares

काठमाडौं। इजरायलले ६०० प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्न थालेसँगै हमासले चार बन्धकहरूको शव फिर्ता गरेको छ। इजरायल र हमासबीचको सम्झौताको पहिलो चरण अन्तर्गत यो बन्धक र कैदीहरूको अन्तिम आदानप्रदान थियो।

हमासले हस्तान्तरण गरेका चार बन्धकहरूको शव अझै पहिचान हुन सकेको छैन र इजरायलले उनीहरुको डिएनए टेस्ट गरिरहेको बताएको छ।

तर हमासले उनीहरूको नाम खुलासा गरेको छ। हमासका अनुसार यसमा ८६ वर्षीय सलोमो मन्सुर, ५० वर्षीय ओहाद याहालोमी, ५० वर्षीय सच्ची इदान र ६९ वर्षीय इत्जिक अल्ग रात समावेश छन्।

उनलाई ७ अक्टोबर २०२३ मा हमासले बन्धक बनाएको थियो। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले यी बन्धकहरूको शव फिर्ता गरिएको पुष्टि गरेका छन्।

योसँगै युद्धविरामको पहिलो चरणको सहमति अनुसार हमासले २५ जना बन्धकलाई रिहा गरेको छ छ। जसमा १७ जना इजरायली र ८ जना थाइल्याण्डका नागरिक रहेका थिए। त्यस्तै हमासले ८ जनाको शव पनि फिर्ता गरेको छ।

पहिलो चरणमा ३३ जना बन्धक रिहा गर्ने सम्झौता भएको थियो । अब दोस्रो चरणको युद्धविराम सम्झौताको लागि बार्ता भइरहेको बताइएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *