युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भने – ‘अमेरिकामा ट्रम्पबाट एउटा प्रश्नको स्पष्ट उत्तर चाहन्छु’
काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले संयुक्त राज्य अमेरिकासँगको प्रारम्भिक खनिज सम्झौताले भविष्यको साझेदारीको लागि मार्ग प्रशस्त गर्ने आशा व्यक्त गरेका छन्।
यद्यपि, उनले भने ‘अहिलेसम्म युक्रेनलाई अमेरिकाबाट कुनै सुरक्षा ग्यारेन्टी दिइएको छैन।’
जेलेन्स्कीले भने, “यदि म शुक्रबार अमेरिका गएँ भने, म सिधै अमेरिकी राष्ट्रपति कार्यालय, ह्वाइट हाउसलाई सोध्नेछु कि अमेरिकाले युक्रेनलाई आफ्नो समर्थन जारी राख्छ कि राख्दैन?”
बीबीसीले जेलेन्स्कीलाई यदि अमेरिकाले उनले चाहेको सुरक्षा ग्यारेन्टी प्रदान गरेन भने के उनी सम्झौताबाट बाहिर निस्कन्छन् ? भनेर सोधेको थियो ।
“म युक्रेनको लागि नेटो सदस्यता वा सुरक्षाको अन्य कुनै समान माध्यम चाहन्छु,” जेलेन्स्कीले पत्रकार सम्मेलनमा यस प्रश्नको जवाफ दिए।
यसअघि युक्रेनको राजधानी कीभका एक वरिष्ठ अधिकारीले बीबीसीलाई बताएअनुसार युक्रेन र अमेरिका खनिज सम्झौताका सर्तहरूमा सहमत भएका छन्।
युक्रेनले यस सम्झौताका सर्तहरूमा सहमति जनाएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की शुक्रबार अमेरिका आएर दुई देशबीचको खनिज सम्झौतामा हस्ताक्षर गर्न सक्ने आशा व्यक्त गरेका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment