दिल्लीमा पहिलो पटक ‘नेपाल महोत्सव २०२५’ को तयारी
नयाँ दिल्ली। भारतमा रहेका नेपाली ब्यबसायीहरुको छाता संगठन एभरेस्ट चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिज तथा नेपाल राजदूतावास नयाँ दिल्लीको संयुक्त आयोजनामा ‘नेपाल महोत्सव २०२५’ भव्य रूपमा मनाइने तयारी भइरहेको छ।
बारखम्बा रोड, नयाँ दिल्लीमा स्थित नेपाल राजदूतावास परिसरमा महत्सोव आयाजना हुने छ। अप्रिल ११, १२ र १३, २०२५ मा हुने महोत्सवमा एभरेस्ट चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीज मुख्य आयोजक रहेको छ। त्यस्तै नेपाल राजदूतावास, नयाँ दिल्ली सहआयोजक बनेको हो।
तीन दिन सम्म आयोजना हुने यस विशेष कार्यक्रम नेपालको व्यापार, पर्यटन, उद्योग, संस्कृति र व्यापारिक सम्भावनाहरूलाई भारतको राजधानी नयाँ दिल्लीमा प्रस्तुत गर्ने महत्त्वपूर्ण अवसरको रूपमा लिइएको छ।
एभरेस्ट चेम्बर अफ कमर्सका अध्यक्ष युवराज बरालले महोत्सव ऐतिहासिक हुने भन्दै यो अवसरलाई उपयोग गर्न सरोकारवालालाई सुझाव समेत दिएका छन्।
No ads found for this position


Facebook Comment