लघुकथा : विपत्ति

भूमिका गैरे तिमिल्सिना
१७ फागुन २०८१ ७:०८
60
Shares

`मनसुनी वर्षा सुरु भएसँगै प्रकृतिको वितण्डा पनि सुरू भयो। कहाँ कहाँ, के के हुने हो? यो वर्ष पनि के के सुन्नुपर्ने हो?” बुढाले भने।

मैले दिक्क मान्दै भनेँ, “तीनदिन लगातार झरी पर्छ रे! नदी, खोलाको छेउछाउका घरहरुमा पानीको बहाव बढी भए सुरक्षित स्थानमा जानु र सतर्क रहनू भनेर समाचारले फुकी राखेको छ। झरी परेको बेला मौका छोपेर कतै पाखो बारीमा रोपाइँ गर्दै छन् भने कतै बिजोग भएको छ।´

बुढाले चिन्ता व्यक्त गरेँ, `अरुको के कुरा गर्छेस्? आफ्नै हेर्न। राति पनि ढुक्कले सुत्नु छैन। भिज्ने सामान कसरी हुन्छ? बरू सुरक्षित गरौँ।´

`माथि खाट उल्टो बाँधेर खाद्यान्न र बिग्रने जति सामान खाटमाथि राखौं। ´बुढीले सुझाइन् र दुबै कस्सिए।´

राति ठूलै पानी पर्यो। खोलो डरलाग्दो भयो। बाढी र पहिरो सबै मिसिएर आउन थाल्यो। दुबै बुढा बुढी सुरक्षाको लागि नजिकैको विद्यालयतिर लागे।

एकैछिनमा एउटाले खबर ल्यायो, “तपाईंको त घरबारी सबै पहिरोले लग्यो।”

गैंडाकोट ४, नवलपुर


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *