अमेरिकी विदेश नीति परिवर्तन रुसको दृष्टिकोणसँग मिल्दोजुल्दो छ: क्रेमलिन
मस्को। क्रेमलिनले आइतबार प्रसारित टिप्पणीमा संयुक्त राज्य अमेरिकाको विदेश नीतिमा नाटकीय परिवर्तन मूलतः यसको आफ्नै दृष्टिकोणसँग मिल्दोजुल्दो रहेको बताएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरीमा पदभार ग्रहण गरेदेखि नै राष्ट्रपति भ्लादिमिर पुटिनसँग सम्पर्क गरेर मस्कोसँग सम्बन्ध निर्माण गर्न खोजका छन् र संयुक्त राष्ट्रसंघमा रुसको पक्षमा उभिएका छन्।
‘नयाँ प्रशासनले विदेश नीतिका सबै संरचनाहरू द्रुत गतिमा परिवर्तन गरिरहेको छ। यो धेरै हदसम्म हाम्रो दृष्टिकोणसँग मेल खान्छ’, क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले सरकारी टेलिभिजनका एक पत्रकारलाई भने, ‘अझै लामो बाटो तय गर्नुपर्ने छ, किनकि द्विपक्षीय सम्बन्धहरूको सम्पूर्ण परिसरमा ठूलो क्षति भएको छ। तर यदि दुई नेताहरू, राष्ट्रपति पुटिन र राष्ट्रपति ट्रम्पको राजनीतिक इच्छाशक्ति कायम रहेमा यो मार्ग निकै छिटो र सफल हुन सक्छ।’
शुक्रबार ह्वाइट हाउसमा एक आश्चर्यजनक टेलिभिजन भिडन्तमा युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीलाई हप्काउँदै ट्रम्पले मस्कोसँग आफूलाई अझ जोडेका छन्।







डिसी नेपाल







Facebook Comment