ट्रम्पले भने- ‘पुटिनको चिन्ता गर्नुको सट्टा अन्य गम्भीर मुद्दाहरूमा ध्यान केन्द्रित गर्नुपर्छ’
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार आफ्नो ट्रुथ सोशल अकाउन्टमा लेखेका छन् ‘पुटिनको बारेमा चिन्ता गर्नुको सट्टा, ध्यान दिनुपर्ने अन्य गम्भीर मुद्दाहरू छन्।’
उनले भने , “हामीले हाम्रो देशमा आउने आप्रवासी बलात्कार गिरोह, लागूऔषध माफिया, हत्यारा र मानसिक अस्पतालका मानिसहरूको मुद्दामा बढी ध्यान दिनुपर्छ, ताकि हाम्रो अवस्था युरोप जस्तो नहोस्।”
यसअघि आइतबार, धेरै युरोपेली देशका नेताहरू र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेन मुद्दामा छलफल गर्न लन्डनमा भेटेका थिए।
यस बैठकपछि जेलेन्स्कीले हालैको घटनापछि युरोपबाट स्पष्ट समर्थन प्राप्त भएको बताए।
गत हप्ता शुक्रबार, अमेरिकी राष्ट्रपति भवनमा जेलेन्स्की र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच चर्को बहस भएको थियो। यस बहसमा अमेरिकी उपराष्ट्रपति जेडी भान्सले पनि जेलेन्स्की विरुद्ध निकै कठोर अभिव्यक्ति दिए।
यो बहस पछि, धेरै युरोपेली देशहरूले खुलेर युक्रेनलाई समर्थन गरे।







डिसी नेपाल







Facebook Comment