जेलेन्स्कीले ट्रम्पलाई पत्र लेख्दै भने- ‘स्थायी शान्तिका लागि वार्ता गर्न तयार छौं’
काठमाडौं। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पत्र पठाएर आफ्नो देश स्थायी शान्तिका लागि सकेसम्म चाँडो वार्ताको टेबलमा आउन तयार रहेको बताएका छन्।
अमेरिकी संसदको संयुक्त सत्रलाई सम्बोधन गर्ने क्रममा ट्रम्पले जेलेन्स्कीबाट महत्वपूर्ण पत्र प्राप्त गरेको जानकारी दिदै स्थायी शान्तिका लागि दुवै पक्षसँग वार्ता गर्न आवश्यक रहेको बताएका छन्।
जेलेन्स्कीले पत्रमा लेखेका छन्-युक्रेन राष्ट्रपति ट्रम्पको बलियो नेतृत्वमा काम गर्न तयार रहेको छौं, ताकि स्थायी शान्ति प्राप्त होस्। हामीले युक्रेनलाई आफ्नो सार्वभौमसत्ता र स्वतन्त्रता कायम राख्न अमेरिकाले गरेको कामको साँच्चै कदर गर्छौं। खनिज र सुरक्षा सम्बन्धी सम्झौताको सन्दर्भमा, युक्रेन तपाईंको लागि सुविधाजनक कुनै पनि समयमा हस्ताक्षर गर्न तयार छ।’
ट्रम्प र जेलेन्स्की शुक्रबार ह्वाइट हाउसमा खनिज सम्झौतामा हस्ताक्षर गर्ने तयारीमा रहेको समयमा तनावपूर्ण बहसपछि जेलेन्स्कीले वार्ता छोडेर बेलायत गएका थिए।
राष्ट्रपति ट्रम्पले जेलेन्स्कीको पत्रको कदर गर्दै भने, ‘एकैसाथ, हामीले रूससँग गम्भीर छलफल गरेका छौं र उनीहरू शान्तिको लागि तयार छन् भन्ने बलियो संकेतहरू प्राप्त गरेका छौं।’
No ads found for this position


डिसी नेपाल
Facebook Comment