ट्रम्पको ‘गाजा योजना’ को विकल्पमा अरब नेताहरूले ५३ अर्ब डलरको ‘अरब योजना’ अनुमोदन गरे

डिसी नेपाल
२१ फागुन २०८१ १२:२६
1.7k
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपतिको ‘गाजा योजना’ को विकल्पको रूपमा अरब नेताहरूले ५३ अर्ब डलरको छुट्टै ‘अरब योजना’ अनुमोदन गरेका छन्।

अमेरिकी राष्ट्रपतिले गाजाको पुनर्निर्माणका लागि गाजाको नियन्त्रण लिने र लगभग २० लाख प्यालेस्टिनीहरूलाई निष्कासन गर्ने योजना प्रस्तुत गरेका थिए।

ट्रम्पको यो योजनालाई अरब देशहरूले पूर्ण रूपमा अस्वीकार गरे। यद्यपि, अरब योजना घोषणा गर्दा अरब लिगका महासचिव अहमद अबुल घैतले राष्ट्रपति ट्रम्पको योजनाको उल्लेख गरेनन्।

उनले स्वैच्छिक वा जबरजस्ती सबै प्रकारका विस्थापनलाई अस्वीकार गर्ने अरब अडान दोहोर्‍याए। इजिप्टले हरियाली क्षेत्र र ठूला सार्वजनिक भवनहरू समावेश गर्ने ९१ पृष्ठको विस्तृत योजना पेश गरेको छ।

अमेरिकाले गाजालाई ‘मध्य पूर्वको रिभिएरा’ अर्थात् मध्य पूर्वको सबैभन्दा सुन्दर ठाउँ बनाउने कुरा गरेको थियो, जसले सम्पूर्ण अरब जगत र विश्वलाई चकित पारेको थियो।

संयुक्त राष्ट्रसंघको अनुमान अनुसार लगभग डेढ वर्षसम्म चलेको हमास-इजरायल युद्धमा गाजा पट्टीका ९०% घर, भवन र सार्वजनिक स्थानहरू ध्वस्त भएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *