अंग्रेजमाथि विजयको सम्झनामा पाल्पामा विजयोत्सव (फोटोफिचर)

डिसी नेपाल
७ भदौ २०७६ १६:०३

पाल्पा । अंग्रेजसंगको युद्धमा नेपाली फौज विजयी भएको दिनको सम्झनामा शनिबार पाल्पाको तानसेनमा श्री ७ रणउजिरेश्वरी भगवतीको २०१ औँ विजयोत्सव मनाइएको छ । हरेक वर्ष भाद्र कृष्ण नवमीका दिन यो जात्रा मनाउने चलन छ।

नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा, नागरिक उड्यन तथा पर्यटन मन्त्रालयका सचिव केदार अधिकारी, रक्षासचिव रेश्मीराज पाण्डे, जिल्लाबाट निर्वाचित संघीय तथा प्रदेश सांसद, जिल्लाका नेता, नेपाल सरकारका कर्मचारी, उद्योग वाणिज्य संघ, व्यापार संघ, विद्यार्थी, विभिन्न टोल विकास समितिका सदस्य लगायत भगवतीको रथयात्रामा सहभागी थिए।

पाल्पाको शानको रुपमा भगवतीजात्रा मनाउने गरिन्छ । जात्रा मनाउन जिल्ला वाहिर गएर वसोवास गर्नेहरु पाल्पालीहरु समेत आएका थिए ।

जात्रामा भाकल अनुसारको कुखुरा, हाँस, बोका, राँगो, आदि बली दिएर पूजा चढाउँदै आएका छन्। दिउँसो १२ः४५ बजे भगवती मन्दिरमा तीन पटक रथ घुमाएर बजार निकालिएको थियो । त्यस अघि नेपाली सेनाले बढाई दिएको थियो । बजार परिक्रमा गर्दै तानसेनको जिल्ला प्रशासन, जिल्ला प्रहरी, नेपाली सेनाको गणमा पुजा दिइएको थियो । भगवतीको रथलाई नगरबासीको जयजयकारसंगै बजार परिक्रमा गराईयो। त्यस क्रममा बजारका घरघरबाट पुजा दिइयो।

अंग्रेजसँगको युद्वमा क्रममा बुटवलको जितगढी लगायतका क्षेत्रमा विजय हासिल गरेको सम्झनामा विसं १८७६ देखि निरन्तररुपमा भगवती जात्रा निकालिँदै आइएको छ। घरेलु हातहतियार, सैनिक अवस्था कमजोर भएको अवस्थामा युद्वमा जानुअघि कर्णेल उजिरसिंह थापाले तानसेनको मध्यभागमा रहेको भगवती देवीको पाउ छोएर युद्वमा विजयी भएमा मन्दिर बनाई सिन्दूरजात्रा गर्नेछु र भगवतीको महिमा चारैतर्फ फैलाउनेछु भनी भाकल गरेका थिए ।

भाकल गरेअनुसार युद्वमा विजयी भएपछि कर्णेल उजिरसिंह थापाले गजुरसहितको तीनतले मन्दिर निर्माण गरी विसं १९७६ देखि विजयोत्सवका रुपमा प्रत्येक वर्ष भाद्र कृष्ण पक्षको नवमीको दिन भगवती जात्रा निकालिँदै आइएको इतिहासमा उल्लेख छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *