लामो बहसपछि एलन मस्कले पोल्याण्डका विदेशमन्त्रीलाई भने – ‘सानो मान्छे’

डिसी नेपाल
२६ फागुन २०८१ १३:०७
1.3k
Shares

काठमाडौं । अमेरिकी विदेशमन्त्री मार्को रुबियो र अर्बपति व्यवसायी एलोन मस्कले आइतबार सामाजिक सञ्जाल प्लेटफर्म एक्समा पोल्याण्डका विदेशमन्त्री राडोस्लाव सिकोर्स्कीसँग लामो बहस गरे।

एक्समा भएको बहस युक्रेनमा उच्च गतिको इन्टरनेट प्रदान गर्ने मस्कको स्टारलाइन उपग्रह प्रणालीको प्रयोगको बारेमा थियो।

युक्रेनमा प्रणाली बन्द गर्ने धम्की दिने मस्कको पोस्टको जवाफमा सिकोर्स्कीले भने ‘यदि स्टारलिङ्क बन्द गर्ने धम्की दिइयो भने अन्य आपूर्तिकर्ताहरू खोजिनेछ।’

यद्यपि, रुबियोले तुरुन्तै प्रणाली बन्द हुने मस्कको दाबीलाई खण्डन गरे। उनले सिकोर्स्कीलाई कृतज्ञता व्यक्त गर्न पनि आग्रह गरे।

मस्कले सिकोर्स्कीलाई ‘सानो मान्छे’ भनेपछि तीन जना बीचको बहस समाप्त भयो।

स्टारलिङ्क प्रणाली विश्वभरका युद्ध क्षेत्रहरू जस्ता दुर्गम र सेवाबाट वञ्चित क्षेत्रहरूमा उच्च-गतिको इन्टरनेट प्रदान गर्ने स्पेसएक्सको मिशनको एक हिस्सा हो।

आइतबारको बहस त्यतिबेला सुरु भयो जब मस्कले स्टारलिङ्कलाई “युक्रेनी सेनाको मेरुदण्ड” भने।

उनले लेखे, “यदि मैले यसलाई बन्द गरें भने, युद्धको अग्रपंक्ति ध्वस्त हुनेछ।”

मस्कको पोस्टको जवाफमा सिकोर्स्कीले भने ‘पोल्याण्डले यो सेवाको लागि भुक्तानी गरिरहेको छ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *