वार्ताका लागि साउदी पुगेका अमेरिकी विदेशमन्त्रीले भने, ‘युक्रेन युद्ध रोकिने आशा छ’
काठमाडौं । अमेरिकाका शीर्ष कूटनीतिज्ञले साउदी अरेबियामा अमेरिकी र युक्रेनी अधिकारीहरूबीचको वार्ता अघि रूससँगको युद्ध अन्त्य गर्न आंशिक युद्धविरामको प्रस्तावमा आशा देखेको बताएका छन्।
“म यो मात्र पर्याप्त छ भनिरहेको छैन, तर युद्ध अन्त्य गर्न तपाईंलाई यस्ता छुटहरू चाहिन्छ,” अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सोमबार भने।
एक युक्रेनी अधिकारीले समाचार एजेन्सी एएफपीलाई बताएअनुसार मंगलबार हुने वार्तामा युक्रेनले रुससँग हवाई र नौसेना युद्धविरामको प्रस्ताव राख्ने अपेक्षा गरिएको छ।
यसअघि रुसले अस्थायी युद्धविरामको विचारलाई अस्वीकार गरेको थियो। रूसले यो समय किन्न र युक्रेनको सैन्य पतन रोक्नको लागि गरिएको प्रयास भएको बताएको थियो ।
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की साउदी अरबका युवराज मोहम्मद बिन सलमानलाई भेट्न सोमबार साउदी अरब पुगेका छन्।
युक्रेन युद्धविराम सम्झौताका सर्तहरूमा अमेरिकी र युक्रेनी अधिकारीहरूले मंगलबार रियादमा वार्ता गर्नेछन्, तर राष्ट्रपति जेलेन्स्की वार्तामा उपस्थित हुने अपेक्षा गरिएको छैन।
सोमबार राति आफ्नो भिडियो सम्बोधनमा जेलेन्स्कीले वार्ताबाट “ठोस नतिजा” आउने अपेक्षा गरेको बताए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment