एलन मस्कको कम्पनी स्पेसएक्स भारतमा, हाई स्पीड इन्टरनेटको लागि एयरटेलसँग सम्झौता

डिसी नेपाल
२८ फागुन २०८१ १२:२९
272
Shares

काठमाडौं । एलन मस्कको कम्पनी स्पेसएक्स र एयरटेलले भारतमा स्टारलिंक हाई स्पीड इन्टरनेट ल्याउने सम्झौतामा हस्ताक्षर गरेका छन्।

एयरटेलले आफ्नो सामाजिक सञ्जाल खाता एक्समा एक पोस्ट मार्फत यो जानकारी दिएको छ।

एयरटेलको विज्ञप्ति अनुसार , “एयरटेलले भारतमा एयरटेलका ग्राहकहरूलाई स्टारलिंक उच्च-गतिको इन्टरनेट सेवाहरू ल्याउन स्पेसएक्ससँग सम्झौता गरेको छ।”

“यो भारतमा हस्ताक्षर गरिएको पहिलो सम्झौता हो, तर स्पेसएक्सले भारतमा स्टारलिङ्क सेवाहरू प्रदान गर्न आवश्यक स्वीकृति प्राप्त गरेपछि मात्र यो सुरु हुनेछ।”

“यस सम्झौता अन्तर्गत, एयरटेल र स्पेसएक्सले स्टारलिङ्कले एयरटेलको सेवाहरू कसरी सुधार गर्न सक्छ भनेर अन्वेषण गर्न मिलेर काम गर्नेछन्। यसका साथै, भारतीय बजारमा एयरटेलको अनुभवले स्पेसएक्सलाई आफ्ना ग्राहकहरू र व्यवसायहरूलाई सेवाहरू अझ बढाउन मद्दत गर्न सक्छ।”

यस सम्झौतामा विद्यालय, स्वास्थ्य केन्द्र र दुर्गम क्षेत्रहरूमा जडान प्रदान गर्ने कुरा पनि समावेश छ।

यो घोषणा केही हप्ता अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वाशिंगटनमा एलन मस्कलाई भेट्दा भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *