युक्रेनलाई अमेरिकी सैन्य सहायता पुनः सुरु
काठमाडौं। युक्रेनले अमेरिकी सैन्य सहायता पुनः पाउन सुरु गरेको छ। पोल्याण्डका विदेशमन्त्री राडोस्लाव सिकोर्स्कीले पोल्याण्ड हुँदै युक्रेनलाई अमेरिकी सैन्य सहायता पुनः सुरु भएको बताएका छन्।
उनले युक्रेनी सेनाले प्रयोग गर्ने स्टारलिंक उपग्रहले राम्रोसँग काम गरिरहेको पनि स्पष्ट गरे। युक्रेनी विदेशमन्त्री आन्द्रेई सिबिहासँगको वार्सामा भएको भेटपछि उनले यो बयान दिएका हुन्। सिकोर्स्कीले पोल्याण्ड–युक्रेन सीमा नजिकै जेसोव जसियोन्का विमानस्थलमा रहेको अन्तर्राष्ट्रिय सहयोग केन्द्रबाट हतियारको डेलिभरी अब पहिले जस्तै गतिमा भइरहेको बताए।
उनले रुसको आक्रामकता अन्त्य गर्न दिइएको नयाँ प्रस्तावबाट पोल्याण्ड र युक्रेन दुवै खुसी रहेको पनि बताए। युक्रेनका विदेशमन्त्रीले साउदी अरेबियामा अमेरिकासँग भएको वार्तालाई ‘धेरै महत्त्वपूर्ण, लगभग ऐतिहासिक’ भनेर वर्णन गरेका छन्।
उनले युक्रेन यो युद्ध अन्त्य गर्न र न्यायपूर्ण, दिगो शान्ति स्थापना गर्न चाहेको देखिएको बताए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment