युद्धविरामको लागि अमेरिकी वार्ता टोली रूस प्रस्थान
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा युद्धविरामको लागि वार्ता गर्न अमेरिकी टोली रुस प्रस्थान गरेको बताएका छन्। यद्यपि, उनले यो टोलीमा समावेश गरिएका व्यक्तिहरू को हुन् भन्ने खुलासा गरेनन्।
साउदी अरेबियामा अमेरिकी अधिकारीहरूसँगको वार्तापछि युक्रेनले ३० दिनको तत्काल युद्धविरामको अमेरिकी प्रस्तावमा सहमति जनाएको बेला यो खबर आएको हो।
युक्रेनको सम्झौतापछि अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भने ‘बल अब रूसको कोर्टमा छ’।
साउदी अरेबियाको जेद्दामा भएको बैठकपछि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले अब यस विषयमा रुसलाई तयार पार्ने काम अमेरिकाको हातमा रहेको बताएका थिए।
यसैबीच, रुसी राष्ट्रपतिको कार्यालयले युद्धविराम प्रस्तावको अध्ययन गरिरहेको बताएको छ र ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच टेलिफोन वार्ता हुन सक्ने पनि बताएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment