युरोपेली संघका देशहरूमाथि २०० प्रतिशत भन्सार लगाउने ट्रम्पको धम्की
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली संघका देशहरूले अमेरिकी ह्विस्कीमा ५० प्रतिशत कर नहटाएमा उनीहरूका देशहरूबाट आउने मदिरामा पनि २०० प्रतिशत कर लगाउने धम्की दिएका छन्।
उनले सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसियलमा पोस्ट गर्दै यो कदम अमेरिकी कम्पनीहरूको लागि धेरै राम्रो हुने बताएका छन्।
“यदि अमेरिकी ह्विस्कीमा लगाइएको ५० प्रतिशत कर तुरुन्तै हटाइएन भने, फ्रान्स र अन्य इयु प्रतिनिधित्व गर्ने देशहरूबाट आउने सबै वाइन, शैम्पेन र मदिरा उत्पादनहरूमा अमेरिकी कर लक्षित गरिनेछ,” ट्रम्पले पोस्टमा भने ।
“यो अमेरिकामा वाइन र शैम्पेन व्यवसायको लागि उत्कृष्ट हुनेछ,” उनले भने।
ट्रम्पले पहिले नै घोषणा गरिसकेका छन् – उनले अप्रिल २ देखि धेरै देशहरूमा ती देशहरूले अमेरिकी सामानहरूमा लगाएको हदसम्मको भन्सार लगाउनेछन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment