पूर्वविशिष्टलाई सुविधाको हल्लाको पछि नलागौं : उपप्रधानमन्त्री सिंह

डिसी नेपाल
१ चैत २०८१ १७:१५
272
Shares

पाल्पा । उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले पू्वविशिषटलाई आजिवन सुविधा दिने भन्दै भइरहेको हल्लाको पछि नलाग्न आग्रह गरेका छन्।

नेपाली कांग्रेस पाल्पा जिल्ला कार्यसमितिले शुक्रबार आयोजना गरेको कार्यकर्ता भेटघाट एवं अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै उनले यस्तो बताएका हुन्। उपप्रधानमन्त्री सिंहले पूर्वविशिष्टलाई सुविधा दिने सरकारको कुनै तयारी नभएको प्रष्ट पारे।

यसअघिको कुनै सरकारले गरेको कुरालाई ल्याएर अहिले हल्ला गरिएको उनको भनाई छ। २०६९ सालमा तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकारले पूर्वविशिष्टलाई सुविधा दिने अध्यादेश ल्याएका थिए।

अहिले त्यस्तै प्रकृतिको कानुन निर्माणमा सरकार लागेको भन्दै केही सञ्चारमाध्यममा खबर आए पनि सरकारले त्यस्तो तयारी नगरेको उपप्रधानमन्त्री सिंहले प्रष्ट पारे। अहिले सरकारका विरूद्ध विभिन्न माध्यमबाट हल्ला फैलाइको भन्दै यथार्थ बुझ्नुपर्नेमा उनको जोड थियो। उनले हल्लाको पछि लाग्दा प्राप्त अधिकार गुम्नसक्ने अवस्था आउनसक्नेतर्फ पनि ध्यानाकर्षण गराएका छन्।

त्यस्तै, उपप्रधानमन्त्री सिंहले जनताले लडेर अहिलेको अधिकार प्राप्त भएको भन्दै कसैले किस्तिमा राखेर नदिएको बताए। प्राप्त अधिकारको रक्षा गर्दै जनताको जीवन र जिविका सहज बनाउन सरकारले काम गरिरहेको सिंहले बताए।

नेपाली कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहेका सिंहले आउँदा चुनौति सामना गर्न एकतावद्ध कांग्रेस बनाउनुपर्नेमा जोड दिए।

‘कांग्रेसलाई केन्द्रमा राखेर काम गर्नुपर्‍यो। यो गुट त्यो गुट होइन एकतावद्ध बलियो कांग्रेस बनाउन लागौं,’ उनले भने, ‘कांग्रेसको मूल चुनौति नै पार्टी व्यवस्थापन हो। पार्टीलाई केन्द्रमा राखेर सबैले काम गरौं।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *