राप्रपाको युवा संगठनको कार्यक्रममा जलाइयो प्रचण्डको तस्वीर

डिसी नेपाल
२ चैत २०८१ १८:५२
296
Shares

हेटौंडा। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको तस्वीर जलाएको छ।

शनिबार हेटौंडामा आयोजित युवा संगठन मकवानपुरको जिल्ला अधिवेशनको क्रममा संगठनका सदस्य सचिव नीराजन बम पताँलाले प्रचण्डको तस्वीर जलाएका हुन्। उनले गणतन्त्र मुर्दावाद भने नारा लगाउदै प्रचण्डको तस्वीरमा आगो लगाएका थिए।

सो कार्यक्रममा राप्रपा केन्द्रीय नेता तथा सांसद दीपकबहादुर सिंह समेत सहभागी थिए।

सिन्धुपाल्चोकमा शुक्रबार आयोजित जनसभामा प्रचण्डले पूर्वराजालाई संविधानको दायराभित्र रहन सचेत गराउँदै इँटको जवाफ पत्थरले दिने चेतावनी दिएपछि राप्रपा प्रचण्डविरुद्ध आक्रामक भएको छ।

यसअघि राप्रपाका महामन्त्री धवल शमशेर राणा र प्रवक्ता ज्ञानेन्द्र शाहीले पनि प्रचण्डको अभिव्यक्तिको विरोध गर्दै कडा प्रतिक्रिया दिएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *