मुम्बईले चेन्नाईलाई दियो एक सय ५६ रनको लक्ष्य
काठमाडौं। इण्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गतको आइतबारको दोस्रो खेलमा मुम्बई इण्डियन्सले चेन्नाई सुपर किंग्सलाई एक सय ५६ रनको लक्ष्य दिएको छ।
चेन्नाईमा टस हारेर ब्यटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय ५५ रन बनायो। मुम्बईका लागि तिलक वर्माले सर्वाधिक ३१ रन बनाए। यस्तै कप्तान सुर्यकुमार यादवले २९ तथा दिपक चहरले २८ रन बनाए।
चेन्नाईका लागि नुर अहमदले सर्वाधिक चार विकेट लिए तथा अलिल अहमदले ३ विकेट लिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment