बंगलादेशमा सत्ता कब्जाको दाबी सेनाद्वारा अस्वीकार
काठमाडौं । बंगलादेश सेनाले देशमा विद्रोह भएको रिपोर्टलाई हल्ला भन्दै खारेज गरेको छ। मंगलबार, सेनाले एक विज्ञप्ति जारी गर्दै सेनाले नियमित बैठक गरेको बताएको छ। केही मिडिया संस्थाहरूले यसलाई सेनाले कू गर्न लागेको जस्तो प्रस्तुत गरेका थिए ।
बंगलादेशका प्रेस सचिव शफिकुल आलमले यी रिपोर्टहरू आधारहीन भएको र यस्तो केही हुनेवाला नभएको बताए। उनले भने ‘हामी डिसेम्बरमा बंगलादेशमा चुनाव गर्ने तयारी गरिरहेका छौं।’
शफिकुल आलमले बंगलादेशको अन्तरिम सरकारले सबै राजनीतिक दलहरूसँग कुराकानी गरिरहेको र उनीहरूको सुझाव अनुसार स्वतन्त्र र निष्पक्ष चुनाव गराउन प्रतिबद्ध रहेको बताए।
यसबाहेक, बंगलादेशको राजनीतिक मामिलामा नजर राख्ने एक स्रोतले बंगलादेशमा कूको खबर सही नभएको बताएको छ। अहिले सम्म सेनाको यस सम्बन्धी कुनै जानकारी वा गतिविधि छैन।
No ads found for this position


डिसी नेपाल
Facebook Comment