लाल सागरमा पर्यटक पनडुब्बी डुब्यो, ६ जनाको मृत्यु

डिसी नेपाल
१५ चैत २०८१ १२:५५

काठमाडौं । इजिप्टको लाल सागरमा एक पर्यटकीय पनडुब्बी डुबेको छ। यस दुर्घटनामा ६ जनाको मृत्यु भएको खबर छ।

रेड सी क्षेत्रका गभर्नर अमर हनाफीले दुर्घटनामा छ जना पर्यटकको मृत्यु भएको र ३९ जनालाई उद्धार गरिएको बताए। यो दुर्घटना हुर्घाडाको तटबाट करिब एक किलोमिटर टाढा भएको थियो।

रेड सी क्षेत्रका गभर्नर अमर हनाफीले फेसबुकमा बताएअनुसार अब कुनै पनि पर्यटक हराएका छैनन् । उनले भने – अधिकारीहरूले यस दुर्घटनाको कारण पत्ता लगाउने प्रयास गरिरहेका छन्।

इजिप्टस्थित रुसी दूतावासका अनुसार पनडुब्बीमा सवार सबै पर्यटक रुसी थिए। रुसी दूतावासका अनुसार इजिप्टमा स्थानीय समय अनुसार बिहान १० बजे दुर्घटना भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *