सर्वोच्चद्वारा कुलमानको निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार

डिसी नेपाल
१५ चैत २०८१ १३:५६
1.7k
Shares

काठमाडाैं। सर्वोच्च अदालतले कुलमान घिसिङले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेकाे छ।

विद्युत् प्राधिकरणको प्रबन्ध निर्देशकबाट आफूलाई बर्खास्त गर्ने सरकारको निर्णयविरुद्ध उनी अदालत गएका थिए।

न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले शुक्रबार अन्तरिम आदेश दिन अस्वीकार गर्दै विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको छ।

कुलमान अदालत गएसँगै सरकारले कुलमान हटाएर उहाँको ठाउँमा नियुक्त गरेका हितेन्द्रदेव शाक्यपनि अदालत पुगेका छन्। उनको रिटमाथि पनि आजै सुनुवाई हुँदैछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *