लागूऔषध ब्राउनसुगरसहित एक जना पक्राउ
कैलाली । धनगढी उपमहानगरपालिका-३ मिलनचोक नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ८ सय २० मिलिग्रामसहित गौरीगंगा नगरपालिका-६ वनवेहडा बस्ने २९ वर्षीय कृष्ण खड्कालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो। साथै प्रहरीले उनले प्रयोग गरेको सु.प.प्र.०१००९ प ७२ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment