फरवार्ड माइक्रोफाइनान्सको संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन

डिसी नेपाल
१७ चैत २०८१ ८:३८
88
Shares

काठमाडौं। फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन हो। कम्पनीले ३ लाख ६३ हजार कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ।

यसमा न्यूनतम ५३१ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ।

लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन्। यस लिलामी सेयरमा कम्पनीकै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन्।

आवेदकले बिक्री प्रबन्धक एनएमबि क्यापिटल बालुवाटार काठमाडौं तथा फरवार्ड माइक्रोफाइनान्सको केन्द्रीय कार्यालय, दुबही– ५ सुनसरीमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *