कमल कोइरालाको पार्थिव शरीर नेकपा एसको कार्यालयमा राखियो

डिसी नेपाल
१८ चैत २०८१ १३:२३
392
Shares

काठमाडौं । वरिष्ठ पत्रकार, अगुवा राजनीतिक व्यक्तित्व एवं कूटनीतिज्ञ कमल कोइरालाप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ।

आइतबार राती उपचारका क्रममा निधन भएका कोइरालाको पार्थिक शरीर श्रद्धाञ्जलीका लागि नेकपा (एकीकृत समाजवादी)को कार्यालयमा राखिएको थियो।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले कोइरालाको पार्थिक शरिरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका हुन्। त्यस्तै अन्य नेता, कार्यकता तथा शुभेच्छुकले कोइरालाप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए।

सो क्रममा नेकपा एकीकृत समाजवादीका अध्क्ष नेपालले नेपालको राजनीतिक परिवर्तनमा कोइरालाको योगदानको चर्चा गरेका थिए।

कमल पूर्वप्रधानमन्त्री मात्रिकाप्रसाद कोइरालाका छोरा हुन्। किशोरावस्थादेखि नै वामपन्थी राजनीतिमा सक्रिय उनी दक्षिण कोरियाका लागि राजदूत पनि बनेका थिए।

वरिष्ठ पत्रकार तथा अगुवा राजनीतिक व्यक्तित्वसमेत रहनु भएका कोइरालाको ८७ वर्षको उमेरमा निधन भएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *