सविन महर्जनको शव परिवारले बुझे, आजै पशुपतिमा अन्त्येष्टि

डिसी नेपाल
१९ चैत २०८१ १६:५७
1.6k
Shares

काठमाडौं। गत १५ गते भएको राजावादी आन्दोलनको क्रममा ज्यान गुमाएका सविन महर्जनको शव आफन्तले बुझेका छन्।

कीर्तिपुर–४का निवासी महर्जनको राजावादीको हिंसात्मक प्रदर्शनमा गोली लागेर मृत्यु भएको थियो। यसअघि दोषीलाई कारबाही र उचित क्षतिपुर्तिको माग गर्दै शव लिन परिवारले अस्विकार गर्दै आएको थियो।

तर, आज उनको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पोस्टमार्टम सकेर परिवारलाई बुझाइएको जनाइएको छ। पोस्टमार्टमको क्रममा उनको शरिरमा एक गोली लागेको खुलेको छ। उनको दायाँ हात तर्फबाट गएको गोली पछाडिबाट निस्केको पाइएको छ।

उनकै आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *