अन्तिम श्रद्धाञ्जलीका लागि राप्रपा पार्टी कार्यालयमा राखियो सांसद बोहराको शव

डिसी नेपाल
२० चैत २०८१ १५:३८
312
Shares

काठमाडौं । मंगलबार निधन भएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेताएवं प्रतिनिधिसभा सदस्य दीपक बोहरालाई अन्तिम श्रद्धाञ्जली दिइएको छ।

बुधबार पार्टी कार्यालयमा उनको पार्थिव शरीर राखी अन्तिम श्रद्धाञ्जली गरिएको हो। बोहराको आज नै पशुपति आर्यघाटमा अन्तिम संस्कार हुनेछ।

लामो समयदेखि आवाजको थेरापी गराउँदै आएका बोहराको मंगलबार बिहान निधनभएको हो। राप्रपाका नेता बोहराको शव मंगलबार उनको गृह जिल्ला रुपन्देही लगिएको थियो। त्यहाँको श्रद्धाञ्जली कार्यक्रम सकिएपछि काठमाडौं ल्याइएको हो।

नेता बोहरा २०७९ सालको चुनावमा रुपन्देही क्षेत्र नम्बर ३ बाट विजयी भएका थिए। राप्रपाले बोहराको निधनप्रति दुःख व्यक्त गर्दै तीन दिनशोक मनाउने भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *