ट्रकमा बरादम भएको २५ करोडको वास्तविक मालिक पहिचान
काठमाडौं। काठमाडौंको टोखा नगरपालिका झोरबाट ट्रकमा बरादम भएको करिब २५ करोड रूपैयाँ बराबरको विदेशी मुद्राको मालिक फेला परेका छन्।
प्रहरीले अनुसन्धानपछि २५ करोड बराबरको अमेरिकी डलर र युरोको मालिक सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ स्थायी घर भई टोखा नगरपालिका–१० बस्ने नारायण पौडेलको रहेको खुलेको छ।
यसअघि गत चैत्र ४ गते राति प्रहरीले काठमाडौंका टोखा नगरपालिका वडा नम्बर २ स्थित झोरमा ना ७ ख १६५२ नम्बरको मालवाहक ट्रक गाडीसहित करिब २५ करोड रुपैयाँ बरामद गरेको थियो।
सो क्रममा ट्रकका चालक सिन्धुपाल्चोक, भोटेकोसी गाउँपालिका वडा नम्बर १ का ४३ वर्षी कुसाङ लामा पक्राउ परेका थिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment