दिउँसै बत्ती बालेर शिक्षक आन्दोलनमा सरकारको खोजी (तस्बिरहरू)
काठमाडौं । शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरूले आज दिउँसै टर्च बालेर सरकारको सांकेतिक विरोध गरेका छन्।
माइतीघरदेखि बानेश्वर–बबरमहल सडकखण्डमा भेला भएका शिक्षकहरूले मोबाइलको टर्च बालेर प्रदर्शन गरेका हुन्। उनीहरूले सरकारसँग चाडोभन्दा चाडो शिक्षा ऐन जारी गर्न माग गरिरहेका छन्।
काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकले चैत २५ गतेदेखि आम शैक्षिक हड्ताल घोषणा गरेका छन्। उनीहरूले माग पूरा नभएसम्म कार्यक्षेत्रमा नफर्किने चेतावनी दिँदै आएका छन्।


No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment