अटोमोबाईल क्षेत्र आन्तरिक रोजगार दिने ठूलो क्षेत्र हो: श्रममन्त्री

डिसी नेपाल
२६ चैत २०८१ १७:२८
84
Shares

काठमाडौ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले नेपालको अटोमोबाइल क्षेत्र आन्तरिक रोजगारी सृजना गर्ने महत्त्वपूर्ण क्षेत्र भएको बताएका छन्।

मंगलबार काठमाडौमा आयोजित नाडा अटो डायलग २०२५ कार्यक्रममा बोल्दै मन्त्री भन्डारीले अटो मोबाइल क्षेत्रलाई अझै नितिगत र व्यवहारिक पक्षबाट बहस र छलफल गरि ठोस निष्कर्ष निकाल्नु पर्ने सुझाव दिए।

उनले नेपाल जस्तो मुलुकका लागि अटो मोबाइल अत्यन्तै महत्त्वपूर्ण निर्माण विकास पुर्वाधारको रुपमा आबश्यक्ता भन्दा बढी बिलासिताको वस्तुको रुपमा हेर्ने दृस्ठिकोणमा परिवर्तन ल्याउनु पर्नेमा जोड दिए।

यस क्षेत्र राजस्व उठाउने क्षेत्रमात्र नभइ आन्तरिक रोजगारी सृजना गर्ने क्षेत्र पनि भएको हुनाले श्रम, रोजगार मन्त्रालयको महत्वपूर्ण अंग भएको जिकिर उनको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *