रास्वपाको सचिवालय बैठक बुधबार
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी गतिविधि र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न सचिवालयको बैठक आह्वान गरेको छ।
रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले बुधबार दिउँसो बस्ने गरी उक्त बैठक डाकिएको जानकारी दिए। पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा हुने यस बैठकमा पार्टी अधिवेशन, जनयात्रा कार्यक्रम, अघिल्लो बैठकको समीक्षा, पार्टी गतिविधि र समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल गरिने जनाइएको छ।
बैठकमा प्रदेश हेर्ने पदाधिकारी र केन्द्रीय सदस्य सम्बन्धमा समेत छलफल हुने उनले बताए।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment