रास्वपाले बोलायो सचिवालय बैठक बस्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालयको बैठक बस्दैछ।
कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार बुधबार अपरान्ह ४ बजे केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने गरी बैठक बोलाइएको हो।
बैठकको छलफलका एजेण्डाहरूमा अघिल्लो बैठकको समीक्षा, पार्टी गतिविधि र समसामयीक राजनीतिक घटनाक्रम, महाअधिवेशन, जनयात्रा, प्रदेश हेर्ने पदाधिकारी र केन्द्रीय सदस्यलगायत रहेका छन्।
सभापति रवि लामिछाने पुनः पक्राउ परेपछि रास्वपाले पहिलो पटक केन्द्रीय कार्यालयमा सचिवालय बैठक बोलाएको हो।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment