मानव अधिकार आयोगको ध्यानाकर्षण गराउँदै रास्वपाले भन्यो- पार्टी सभापतिमाथि ज्याजति भयो

डिसी नेपाल
२७ चैत २०८१ १२:५६
96
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेमाथि प्रहरीले ज्यादती गरेको आरोप लगाएको छ।

राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण गराउँदै रास्वपाले उक्त आरोप लगाएको हो।

आयोगको ध्यानाकर्षण गराउन कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रमुख सचेत सन्तोष परियार लगायतका नेताहरु आज बिहान आयोगको कार्यालयमा पुगेका थिए।

सहकारी रकम ठगी कसुरमा चैत २२ गते शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो। त्यस लगत्तै शुक्रबार राति लामिछानेलाई प्रहरीले काठमाडौंस्थित निवासबाटै पक्राउ गरेको थियो।

भोलिपल्ट शनिबार र आइतबार सार्वजनिक बिदा परेकाले दुई रात हिरासतमा राखेर २३ गते उनलाई भैरहवा कारागार चलान गरिएको थियो ।

पक्राउ पुर्जी विना नै लामिछानेलाई नियन्त्रणमा लिएको र प्रहरीले ज्यादती गरेको रास्वपाको आरोप छ।

यद्यपि, जिल्ला अदालत रुपन्देहीले एक करोड धरौटीमा छाड्न दिएको आदेश बदर गर्दै उच्चले पुर्पक्षमा पठाउन आदेश दिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *