प्राधिकरणले दक्ष नेतृत्व पायो, अब लोडसेडिङ हुँदैन : ऊर्जामन्त्री खड्का

डिसी नेपाल
२७ चैत २०८१ १४:११
772
Shares

काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले आम नागरिकको घरमा अब लोडसेडिङ नहुने स्पष्ट पारेका छन्।

सान्जेन खोला हाइड्रोपावर कम्पनीले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री खड्काले औधोगिक क्षेत्रमा प्रयाप्त विद्युत् दिन नसके पनि आम नागरिकको घरमा अब लोडसेडिङ नहुने स्पष्ट पारेका हुन्।

उनले विद्युत् प्राधिकरणको आर्थिक अवस्था त्यति राम्रो नभए पनि प्रचुर मात्रामा सुधार गर्ने ठाँउ रहेको धारणा राखे। अहिले प्राधिकरणले योग्य र दक्ष नेतृत्व पाएको भन्दै उनले आर्थिक सुशासन कायम गरेर प्राधिकरणलाई अघि बढाउने जिम्मेवारी पूरा हुने विश्वास व्यक्त गरे।

मन्त्री खड्काले ऊर्जा क्षेत्रको बिकासले मुलुकको समृद्धि हुनसक्छ भन्ने सोचका साथ १० बर्षमा २८ हजार मेगावाट भन्दा बढी विद्युत् उत्पादन गर्ने लक्ष्य लिइएको जिकिर गरे। यसका लागि चीन–भारतजस्ता छिमेकी मुलुकको सहयोग महत्त्वपूण रहेको उनले बताए।

मन्त्री खड्काले सान्जेन खोला हाइड्रोपावर कम्पनीले राष्ट्रिय प्रशारण ग्रीडमा ७८ मेगावाट विद्युत् जडान गर्न सफल भएको भन्दै शुभकामना दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *