प्रधानमन्त्रीद्वारा पाणिनि सम्मेलन उद्घाटन

डिसी नेपाल
२७ चैत २०८१ १४:३६
76
Shares

लुम्बिनी । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्घाखाँचीको पाणिनि गाउँपालिकामा आयोजित ऐतिहासिक पाणिनि सम्मेलनको आज एक समारोहबीच आज उद्घाटन गरेका छन्।

दुईदिनसम्म चल्ने उक्त सम्मेलनमा संस्कृत भाषाका विद्वान्, धर्मगुरु, शोधकर्ता, नीतिनिर्मातालगायतको उपस्थिति रहेको छ। कार्यक्रमको आयोजना लुम्बिनी प्रदेशको उद्योग, पर्यटन तथा यातायात मन्त्रालय, पर्यटन विकास परिषद् तथा पाणिनि गाउँपालिका र रैनादेवी छहरा गाउँपालिकाले गरेका हुन्।

यसअघि प्रधानमन्त्री ओलीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वागत गर्नुभएको थियो । संस्कृत भाषा, प्राचीन ज्ञान सभ्यता र पर्यटनको सम्भावनाका विषयमा सम्मेलनमा छलफल हुने बताइएको छ।

विश्वको प्राचीन संस्कृत भाषाको व्याकरणको उत्पत्ति भएको ऐतिहासिक पुण्य तपोभूमि पाणिनिलाई विश्वसामु चिनाउन ‘पाणिनि तपोभूमि सम्मेलन’ आयोजना गरिएको हो। पाणिनि गाउँपालिका–१ र २ को सिमानामा रहेको तपोभूमिमा उक्त सम्मेलन आयोजना गरिएको हो।

सम्मेलनमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, नेताद्वय चन्द्र भण्डारी र पुष्पा भुसाल, प्रदेशका उद्योग तथा पर्यटनमन्त्री प्रचण्डविक्रम न्यौपानेलगायतको उपस्थिति रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.