देशमा भ्रष्टाचार भइरहेको आशंका लागेको छः प्रधानमन्त्री ओली

डिसी नेपाल
२७ चैत २०८१ १८:१८
1.5k
Shares

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र समृद्धिको यात्रामा कुनै सम्झौता नहुने बताएका छन्।

नेपाल चेम्बर अफ कमर्शको ७४ औं वार्षिक साधारणसभाको बुधबार काठमाडौंमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मुलुकमा सुशासन र बिकास तथा समृद्धि चाहिएको भन्दै यस बिषयमा कुनै सम्झौता नहुने बताएका हुन्। उनले आफू भ्रष्टाचारको विरोधी रहेपनि भ्रष्टाचार भइरहेको आफूलाई आशंका लागेको बताए। देशलाई विकासका बाटोमा अघि बढाउनका लागि अनुकुल वातावरण बनेको र स्थायित्व र स्थिरतातर्फ मुलुक अघि बढेको उनले बताए।

उनले कम्तिमा पनि ८४ सालसम्म मुलुकमा स्थायित्व र स्थिरता हुने र त्यसपछि पनि यो शिलशिला कायम रहने भएकाले ढूक्क भएर लगानी गर्न आग्रह गरे। प्रधानमन्त्री ओलीले बाह्य लगानी भित्राउने, संयुक्त पूँजीमा काम गर्ने अवस्था सिर्जना गर्ने काममा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको धारणा राखे।

प्रधानमन्त्री ओलीले सरकार मजदुर, किसान, श्रमजिवि, शिक्षक, प्राध्यापक लगायत सबैको साथमा रहेको र सबैको भलाईका लागि काम गर्न चाहेको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.