मन्त्री पौडेलले स्वास्थ्य क्षेत्र सुधारमा खेलेको भूमिका प्रति अमेरिकाबासी नेपालीले गरे प्रशंसा
काठमाडौं । अमेरिकाको न्यूयोर्कमा रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले त्यहाँ बस्ने नेपालीहरूसँग अर्न्तक्रिया तथा छलफल गरेका छन्। नेपाली जनसम्पर्क समिति अमेरिका तथा जीपी कोइराला फाउण्डेसनले गरेको कार्यक्रममा मन्त्री पौडेल सहभागी भएका थिए।
दुवै कार्यक्रममा बोल्ने वक्ताले मन्त्री पौडेल नेपालको स्वास्थ्य क्षेत्र सुधारका लागि सक्रिय रहेको भन्दै प्रशंसा गरेका थिए। नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्टले मन्त्री पौडेलबाट सकारात्मक प्रयास भइरहेको भन्दै विपन्न नागरिकलक्षित थप सुधार कार्यक्रम आउने अपेक्षा गरिएको बताए।
गैरआवासीय नेपाली संघ अमेरिकाका पूर्व अध्यक्ष डा. केशव पौडेलले असल उद्देश्य राखेर मन्त्री पौडेलको नेतृत्वमा सुधार अघि बढिरहेको बताए।
कार्यान्वयन प्रभावकारी बनाउन सकिए स्वास्थ्य बीमा तथा अस्पतालको सेवा हुने आशा उनले व्यक्त गरे।
मन्त्री प्रदीप पौडेलले अमेरिकामा रहेका नेपालीहरू समाजका लागि उदाहरणीय बन्नुपर्नेमा जोड दिए। उनले नेपालको स्वास्थ्य सुधारमा डायस्पोरा र खासगरी अमेरिकी नेपाली समुदायबाट विशेष साथको अपेक्षा गरेको बताए।
संयुक्त राष्ट्रसंघको जनसंख्या तथा विकास आयोगको ५८औं शत्रमा सहभागी हुन न्यूयोर्क पुगेका मन्त्री पौडेलले आसन्न बजेटका सन्दर्भमा सुझावका लागि नेपाली स्थायी नियोगले आयोजना गरेको कार्यक्रममा समेत सहभागीता जनाए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment