चट्याङ लागेर खोटाङमा दुई महिला गम्भीर घाइते

डिसी नेपाल
२९ चैत २०८१ ६:३०
44
Shares

खोटाङ । चट्याङ लागेर दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरीका दुई महिला गम्भीर घाइते भएका छन्।

बिहीबार वर्षासँगै परेको चट्याङ लागेर छितापोखरीका कृष्णमाया खड्का र देविका भुजेल गम्भीर घाइते भएका हुन्।

छितापोखरीकी कृष्णमायाको घरमाथि र देविकाको केही मुनि पर्छ। कृष्णमाया घरभित्र भान्छाको काम गरिरहेको बेला चट्याङ परेको जनाइएको छ। चट्याङको असरका कारण कृष्णमाया बेहोस बनेको आफन्तले बताएका छन्।

देविकाको अत्तालिएर ठोक्किन पुग्दा टाउकोमा गहिरो चोट लागेको दिप्रुङ चुइचुम्मा गाउँपालिका प्रवक्ता भूपेन्द्र बस्नेतले जानकारी दिए। चट्याङका कारण घाइते बनेका दुवै महिलोको वडा नं २ डाँडागाउँस्थित आधारभूत अस्पताल ओख्रेमा उपचार भइरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *