दुर्गा प्रसाईंलाई लिन विमानस्थल पुग्यो प्रहरी (तस्बिरहरू)
काठमाडौं । भारतबाट पक्राउ परेका दुर्गा प्रसाईंलाई झापा प्रहरीले हिरासतमा लिएको काठमाडौं पठाएको छ।
उनलाई भद्रपुरबाट विमानमार्फत काठमाडौं पठाइएको हो। काठमाडौंमा प्रसाईंलाई लिन प्रहरी संयन्त्र विमानस्थल पुगेको छ।
प्रहरीको विशेष टोलीले काँकडभिट्टा नाकाबाट आज प्रसाईंलाई नेपाल भित्र्याएको थियो।
उनीसँगै प्रसाईंका अंगरक्षक दिपक खड्कालाई पनि नियन्त्रणमा लिइएको छ।
१५ चैतमा तीनकुनेमा भएको हिंस्रक राजाबादी आन्दोदनका उनी मुख्य कमाण्डर हुन्। उक्त प्रदर्शनमा दुई जनाले ज्यान गुमाएका थिए। त्यस लगत्तै प्रसाई फरार भएका थिए।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment