कविता : मेरो नजर

विजय वशिष्ठ
२ वैशाख २०८२ १३:२१
28
Shares

मेरो नजरका सामुन्ने

पखेटा काटिएर छट्पटाएका परेवाहरु,

युवा रगतले रंगिएका पहाडहरु,

मृत्युको सन्देश बोकेका अखबारहरु,

विछोडिएर पीडाले चिच्याएका अनुहारहरु,

हतियारको धारमा बाँचेका मानिसहरु,

देखा पर्न थालेका छन्।

सित्तैमा हातखुट्टा गुमाउनु परेकाहरु,

पति गुमाएर सिन्दुर पुछिएका विधवाहरु,

विद्यालय जान नपाएका बालकहरु,

मेरो नजरमा आउन थालेका छन्।

आफ्नो भएका सर्वस्व गुमाउनेहरु,

भविष्यको नासो गुमाएका आमा बाबुहरु

मेरा नजरका खुराक बनेका छन्।

मेरा नजरले शितल अनुभव, शान्ति अनुभव गर्न पाएका छैनन्

त्यसैले त म नजर नभएको

कालो सेतो छुट्याउन नसक्ने भएकोछु।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *