काठमाडौंसहित छुट्टाछुट्टै स्थानमा तीन जनाको शव फेला
काठमाडौं । काठमाडौंसहित देशका विभिन्न स्थानमा तीन जनाको शव फेला परेको छ।
काठमाडौंको कीर्तिपुर नगरपालिका-६ खत्रीछापस्थित टहराभित्र पहिचान नखुलेका एक पुरूष मंगलबार मृत फेला परेका छन्।
नुवाकोटको बेलकोटगढी नगरपालिका-९ नलगाउँ बस्ने ७० वर्षीया चिनिमाया तामाङ सोही नगरपालिका-४ स्थित चिहानडाँडा सामुदायिक वनको खोल्सामा मंगलबार मृत अवस्थामा फेला परेकी छन्।
यस्तै उदयपुरको उदयपुरगढी गाउँपालिका-६ जगरेटार बस्ने ४६ वर्षीया तारा कुमारी कार्की सोही ठाउँस्थित कालिका सामुदायिक वनमा मंगलबार मृत अवस्थामा फेला परेकी छिन्। सबै घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान थालिएको जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment