चुमनुब्रीमा १४ सयको निःशुल्क आँखा जाँच
गोरखा । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा सञ्चालित निःशुल्क आँखा उपचार शिविरमा मोतियाविन्दु भएका ६५ जना बिरामीको निःशुल्क शल्यक्रिया गरिएको छ।
गाउँपालिका, तिलगङ्गा आँखा प्रतिष्ठान केन्द्र, सेराङ गुम्बा र देलेक फाउण्डेशनको संयुक्त आयोजनामा वडा नं ५ स्थित बिही स्वास्थ्यचौकीमा शिविर सञ्चालन गरिएको हो।
दुई दिनसम्म सञ्चालित शिविरमा पालिकाभित्रका एक हजार चार सय जनाले आँखाको जाँच गराएका गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिए। ‘शिविरमा १४ सय जना स्थानीयले आँखाको निःशुल्क जाँच गराएका छन्। साथै आँखा जाँच गराउँदा मोतियाविन्दु भएकाको तत्कालै शल्यक्रिया गरिएको हो’, उनले भने।
अध्यक्ष लामाका अनुसार वरिष्ठ आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइतको नेतृत्वमा १२ जना चिकित्सकसहित स्वास्थ्यकर्मीको टोलीले मोतियाविन्दु भएका बिरामीको आँखाको शल्यक्रिया र उपचारसेवा प्रदान गरेका हुन्।
शिविरमा आँखाको जाँच तथा उपचारका लागि आएका सबैलाई आवश्यकताका आधारमा औषधि एवं चस्मासमेत वितरण गरिएको उनले जानकारी दिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment