पहिरोले अरनिको राजमार्ग अवरुद्ध

डिसी नेपाल
४ वैशाख २०८२ १८:२९
2.7k
Shares

काभ्रपलाञ्चोक । अविरल वर्षासँगै खसेको लेदोसहितको पहिरोले अरनिको राजमार्ग अवरुद्ध भएको छ।

पाँचखाल नगरपालिका–८ स्थित ५० किलो र ५१ किलोमा खसेको पहिरोले राजमार्ग अवरुद्ध भएको हो।

पहिरो पन्छाएर बाटो खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ। लेदोसहितको पहिरो खसेका कारण पन्छाउन समस्या भइरहेको प्रहरीको भनाइ छ।

सवारीहरुलाई चाखोला–ज्याम्दी–कुन्ताबेंसी–नगरकोट सडक–खण्ड भएर यात्रा गर्न अनुरोध गरिएको ट्राफिक प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *