भारतीय पर्यटक सवार बस दाङमा दुर्घटना

डिसी नेपाल
५ वैशाख २०८२ १३:३७
852
Shares

रूपन्देही । भारतीय पर्यटक सवार बस दाङमा दुर्घटना भएको छ। दुर्घटना परी २१ जना पर्यटक घाइते भएको प्रहरीले जनाएको छ।

भारतको लखनउबाट भ्रमणका लागि पोखरा जाँदै गरेको युपी ३२ एमएन ९६६६ नम्बरको बस दुर्घटनामा परेको हो।

कोइलाबास लमही सडक खण्डको गढवा गाउँपालिका–५ चिसापानीमा बस दुर्घटना भएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ। बस अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको भनाइ छ। घाइतेहरूलाई उपचारका लागि लमही अस्पताल लगिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.