लागूऔषध ब्राउनसुगरसहित तीन जना पक्राउ

डिसी नेपाल
५ वैशाख २०८२ १९:०९
476
Shares

काठमाडौं । देशका छुट्टाछुट्टै स्थानबाट लागूऔषध गाँजासहित तीन जना पक्राउ परेका छन्।

झापाको कचनकवल गाउँपालिका-६ बनियानि चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४४ ग्राम ८ सय २० मिलिग्राम सहित सोही गाउँपालिका-५ बस्ने २८ वर्षीय कासिम मियालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय बनियानिबाट खटिएको प्रहरीले बिआर ३७ एई ६४५१ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।

कैलालीको धनगढी उपमहानगरपालिका-१३ राजपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम ८० मिलिग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा नवलपरासी पश्‍चिम पाल्हीनन्दन गाउँपालिका-४ बस्ने २८ वर्षीय अंकित कुमार निगम बानिया र बाजुरा त्रिवेणी नगरपालिका-८ बस्ने २५ वर्षीय मेकेन्द्र गिरी रहेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले लु.प.प्र.०१-००१ प ९२७८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.