भारतीय ट्रकसँग गाडी ठोक्किँदा एक जनाको मृत्यु

डिसी नेपाल
६ वैशाख २०८२ ९:२९
692
Shares

काठमाडौं । धादिङको थाक्रे गाउँपालिका-१ एक्लेफाटमा भारतीय ट्रकसँग गाडी ठोक्किँदा एक जनाको ज्यान गएको छ।

काठमाडौंबाट पोखरा जाँदै गरेको प्र ३-०१-०२३ च ६५८ नम्बरको गाडी मध्यराति १२:०३ बजे एक्लेफाँटस्थित पृथ्वी राजमार्गमा सोही दिशाभर्फ गइरहेको युपी ३२ टिएन ४१९८ नम्बरको भारतीय गाडीसँग ठोक्किएको थियो।

दुर्घटनामा ललितपुरको बागमती गाउँपालिका-१ का ३४ वर्षीय थुलबाबु थिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि काठमाडौंको ट्रमा सेन्टर पुर्‍याइए पनि उपचारकै क्रममा बिहान १:५० बजे ज्यान गएको हो।

उक्त ट्रकलाई बिहान ५:५५ बजे धादिङकै बेनीघाट रोराङ गाउँपालिका-९ जोगीमारास्थित पृथ्वी राजमार्ग सडकखण्डबाट ट्रक र चालक भारतको उत्तर प्रदेशको मोहमदपुरखलाका ४० वर्षीय कमलेशकुमार यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

ठोक्किएको गाडी र चालक रामेछापको मन्थली नगरपालिका-८ बस्ने ३४ वर्षीय अरुण कार्कीलाई पनि प्रहरीले नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *