महिलामाथि गोली प्रहार

डिसी नेपाल
६ वैशाख २०८२ १०:२५
13.2k
Shares

बुटवल । बुटवलमा एक महिलामाथि गोली प्रहार भएको छ।

शनिबार बिहान करिब साढे ९ बजे बुटवल–११ बुद्धनगरमा बस्दै आएकी टिका विष्ट क्षेत्रीमाथि गोली प्रहार भएको हो।

क्षेत्रीको ढाडमा गोली लागेको बुटवल प्रहरीले जनाएको छ। उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

पाल्पा घर भएकी क्षेत्री बुटवल बस्दै आएकी थिइन्। घटनाबारे विस्तृत विवरण आइनसकेको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *