एक लाखभन्दा बढी पर्यटकले दर्शन गरे शालिग्राम संग्रहालय
बागलुङ । बागलुङ नगरपालिका–४ कुँडुलेस्थित शालिग्राम संग्रहालयमा धार्मिक पर्यटकको आकर्षण बढेको छ।
एकै ठाउँमा संग्रहित गरेर राखेको सवा लाख शालिग्राम अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन्। विश्वमै दुर्लभ मानिने शालिग्राम शिलालाई १०० मिटर सुरुङभित्र संरक्षण गरेर राखिएको छ।
पछिल्लो समय तीव्ररुपमा प्रचारप्रसार हुँदा पर्यटक बढेका हुन्। नेपालको विभिन्न स्थानसँगै दक्षिण भारतबाट बढी पर्यटक शालिग्राम संग्रहालयमा आउने गरेको संग्रहालयका संरक्षक ऋषि प्रपन्नचार्यले जानकारी दिए। उनका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा चालु वर्ष झण्डै ५० हजार बढी धार्मिक पर्यटक संग्रहालयमा आएका छन्।
गत वर्ष एक लाख पर्यटक यहाँ आएकोमा चालु आवको १० महिनामा एक लाख ५० हजार पर्यटक संग्रहालयमा आएको ऋषि प्रपन्नचार्य बताउँछन्।
शालिग्राम संग्रहालय चार वर्षदेखि सर्वसाधारणलाई खुला गरिएको थियो। पछिल्लो समय मुस्ताङको मुक्तिनाथ पुग्ने धार्मिक पर्यटक संग्रहालयमा आउने गरेको उनको भनाइ छ। रासस
No ads found for this position

डिसी नेपाल
Facebook Comment